अमेरिकी डलर ५० हजारभन्दा बढीको सवारी पैठारीको लागि सटही सुविधा नपाइने
काठमाडौं ।
अमेरिकी डलर ५० हजारभन्दा बढीको सामान तथा सवारीसाधन पैठारीको लागि विदेशी मुद्राको सटही सुविधा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार नेपाल राष्ट्र बैंकको प्रदेशस्थित सम्पूर्ण प्रादेशिक कार्यालयहरु, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरु समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि निर्देशन दिएको हो ।
एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दे निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अन्तर्गत सरकारले समय–समयमा निकासी पैठारी गर्न पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुुहरु सोहीबमोजिम हुुने छ । साथै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारीसाधनहरुको पैठारी अर्को व्यवस्था नभएसम्मको लागि पूर्णरुपमा बन्देज लगाइएको हुुँदा सोको लागि विदेशी मुद्राको सटही सुविधा प्राप्त हुुनेछैन, परिपत्रमा भनिएको छ ।
तर भन्सार उपशीर्षक ०९०.११ को नधुुल्याएको मरिचअन्र्तगत औद्योगिक कच्चा पदार्थको रुपमा आवश्यक पर्ने मरिच सम्बन्धित उद्योगको उत्पादन क्षमता र खपतको प्रवृत्तिको आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाणबमोजिम सम्बन्धित उद्योग आफैँले आयात गर्ने प्रयोजनको लागि र विदेशी कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तर्राष्ट्रिय संघ/संस्था र सोमा कार्यरत कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीले निजी प्रयोगको लागि ल्याउने ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारी गर्ने प्रयोजनको लागि भने विदेशी मुद्राको सटही सुविधा प्रदान गरिनेछ, परिपत्रमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
- चीनको जीडीपी चार दशमलव छ प्रतिशत बढ्यो
- बजार परिसुचक २६ सय ९७ बिन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया