Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजावा मोटरसाइकल अब नेपालमा

जावा मोटरसाइकल अब नेपालमा


काठमाडौं ।
नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा कम्पनीले डिलरसिपका बिक्री कक्षहरूको उद्घाटनको घोषणा गरेको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुको अनावरण गरेका हुन् ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजर ५ सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरि कम्पनीले जावा फोर्टी टु भरियन्ट पनि बजारमा ल्याएको छ । जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार र६ लाख ४८ हजार रुपैयाँ रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरी तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन् । यसैगरी जावा फोर्टी टु ल्युमस लाइम, ह्पालिज टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु गरी ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ।

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसैगरी देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने कम्पनीको योजना रहेको छ । कम्पनीका अनुसार काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै सहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन् ।

कम्पनीका अनुसारमूल जाभाको सदावहार रुचाइने शैली र प्रतिष्ठित चरित्रसहित नयाँ जावामा पुनर्जन्म भएको छ । विगतको प्रमाणिकता र पहिचान– उत्तम, सुरुचिपूर्ण, परिष्कृत र विशिष्टतालाई समेट्ने, विरासत खोज्नेहरूका लागि यसको समायोजन गरिएको छ । जावा आफ्नो रुप र कार्यमा पुरानो विश्वकोे चरित्र र आधुनिक प्रदर्शनसहित सर्वोत्कृष्ट छ ।

यसैगरी जावा फोर्टी टुक्लासिक छ, जसले सीमा र प्रयोगहरूलाई छिचोल्दछ । आफ्नो डिजाइनमा विचित्रता र गैरपरम्परागत लक्षणहरूसहित फोर्टी टु, एक– छायायुक्त, मांसपेशीयुक्त, स्पोर्टी क्लासिकको स्वीकारयुक्त संस्करण हो । कम्पनीका अनुसार नयाँ जावा२९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित छ । यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा फ्ल्याट टर्क कर्भ रहेको छ ।

यस्तै नयाँ जावामा युनिक साउन्ड रहेको छ । नयाँ जावा र जावा फोर्टी टुले पौराणिक कथालाई जावाको मूल चरित्रलाई नगुमाईकनै अर्को अध्यायमा पु-याउँछ। कम्पनीका अनुसार आजको जावाले ९० वर्षभन्दा अधिकको विरासतलाई जोड्छ र यो आधुनिक इन्जिनियरिङसँग आउने हरेक कुराबाट बनेको छ । मोटरसाइकलमा भएको विश्मयकारी रुप, जुन दैनिक सवारी प्रयोगका साथसाथै विगतका समयमा झैँ सहज र रमाइलो सवारीका लागि पर्याप्त रुपमा भरपर्दो कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया