Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार १५ सय ६१ अंकमा

सेयर बजार १५ सय ६१ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक सात दशमलव ४२ अंकले ओरालो लागेर १५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ७५ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार २४ हजार आठ सय ९९ पटकको कारोबारमा ५२ लाख ९१ हजार तीन सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार नौ सय ९२ रुपैयाँ कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ५९ अंकले ओरालो लागेर १२ सय ४७ दशमलव १२ अंंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ४१ दशमलव ९१ अंकले ओरालो लागेर दुुई हजार ६७ दशमलव ६७ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १६ अंकले ओरालो लागेर १३ सय २३ दशमलव ९७ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि पाँच दशमलव ३२ अंकले ओरालो लागेर २५ सय १७ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २२ दशमलव आठ अंकले ओरालो लागेर सात हजार सात सय २८ दशमलव ६२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३३ दशमलव ५१ अंकले ओरालो लागेर नौ हजार चार सय ४९ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ७३, १० दशमलव नौ, २२ दशमलव ३३, पाँच दशमलव नौ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन दुुई दशमलव ३८ अंकले उकालो लागेर १७ सय ४७ दशमलव ६९ अंकमा चढेको छ ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेर तीन सय ३५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य नौ दशमलव ७५ प्रतिशतले बढेर तीन सय चार रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन हाइड्रोपावर कम्पनी, बोटर्लस नेपाल तराई लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्य सात दशमलव २६ प्रतिशतले घटेर एक सय १५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ९१ प्रतिशतले घटेर एक सय ७५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक अपी पावर लिमिटेड, कर्णाली विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन सानिमा बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ४५ रुपैयाँ अन्तिम मूल्यमा सात करोड २५ लाख ४३ हजार आठ सय ८४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको पनि प्रतिकित्ता तीन सय २२ रुपैयाँ अन्तिम मूल्यमा छ करोड नौ लाख ९८ हजार तीन सय ७८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया