प्रभु लाइफद्वारा ६० करोड रुपैयाँको साधारण सेयर निष्काशनको लागि अनुमति माग
काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको विक्तीपश्चात् भने चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षमा चार करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा तीन करोड ८१ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया