काठमाडौं ।
काठमाडौँ उपत्यकामा एक हजार सात सय ४६ सहित देशभर शनिबार अपराह्नसम्मको पछिल्लो २४ घण्टामा तीन हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४३८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार २५ हजार ३४८ संक्रमित होम आइसोलेसन र १३ हजार २९९ संक्रमित संस्थागत आइसोलेसनमा छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ । संक्रमितमध्ये २९० जनाको आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा एक हजार ८०० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । जुन कूल संक्रमितको ६९.४ प्रतिशत हो ।
मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, कास्की, रुपन्देही, बाँके, भक्तपुर, ललितपुर र काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया