Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिबी निवारणका लागि उद्यमशीलता तालिम दिइने

गरिबी निवारणका लागि उद्यमशीलता तालिम दिइने


काठमाडौं ।
सरकारले गरिबी निवारणका लागि माग र रुचिका आधारमा उद्यमशीलता तालिम दिने भएको छ । गरिबी निवारणका निम्ति जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सरकारले सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिब पहिचानको कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले पहिचान गरेका गरिबहरूको जीवनस्तर माथि उकास्नका निम्ति एकीकृत गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्ने बताइन् ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै उनले गरिबी निवारणका लागि माग र रुचिका आधारमा सीप सिकाउने र उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइन् । अहिले पनि १८ दशमलव ७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रूपमा गरिबी निवारण नीति ल्याएको उनको भनाइ थियो । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौँ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै उनले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रूपमा चिनाउने सरकारको अठोट पूरा गर्न धेरै काम गर्नुपर्ने बताइन् ।

गरिबीबाट मुलुकलाई मुक्त गर्नका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रूपमा सशक्त प्रयास सञ्चालन गरिने उनले बताइन् । विश्वव्यापी साझा चुनौतीको रूपमा रहेको गरिबी निवारणमा टेवा पु¥याउन संयुक्त राष्ट्र संघले सन् १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाउन आव्हान गरेको थियो । त्यसपछि विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया