त्रिवेणी ग्रुपको श्रीगणेश अपार्टमेन्टबाट २३ केजी सुन बरामद
काठमाडौं ।
प्रहरीले वीरगञ्जस्थित त्रिवेणी ग्रुपको श्रीगणेश अपार्टमेन्टमा २३ केजीभन्दा बढी सुन बरामद गरेको छ । अवैध सुन राखिएको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपक्षिरिक गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नं– ५ रेसमकोठीमा रहेको श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं. फल्याटमा छापा मारेको हो ।
प्रहरीले उक्त फल्याटबाट बिस्कुट आकारको १ केजीको दरले १३ वटा, बिस्कुट मझौला आकारको ४६ पिस जसको तौल ८ किलो पाँच सय ७६ ग्राम, बिस्कुट सानो आकारको एक सय ग्रामको दरले १० पिस १ किलोग्राम र विभिन्न सुनका गरगहना छ सय ८१ ग्राम गरी २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । यसैगरी २ केजी दुई सय ६२ ग्राम चाँदी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त फल्याटमा त्रिवेणी ग्रुपको इन्डिया भन्सारको क्लियरिङ एजेन्ट भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाबस्ने गरेको प्रहरीले जनाएको छ ।
त्रिवेण ग्रुपले सो एपार्टमेन्ट निमार्ण गर्ने समयमा क्लियरिङ एजेन्ट सिन्हाको सहयोमा निर्माण समग्रीहरू सहजै वीरगञ्ज प्रवेश हुन्थ्यो । त्यति सहयोग गरेबापत त्रिवेणी ग्रुपले सो अपार्टमेन्टमा एउटा फल्याट क्लियरीङ एजेन्ट सिन्हालाई पुरस्कार स्वरूप दिइएको थियो । यस घटनामा त्रिवेणी गु्रपको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अवैधरूपमा भित्र्याइएको सुन प्रहरीले फेला पारे पनि यसमा संलग्न मानिस भने पक्राउ गर्न सकेको छैन । प्रहरीले बरामद गरेको सुन १८ करोड रुपैयाँ भन्दाबढी मूल्यको रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया