Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ क्युलेड टिभीको प्रि–बुकिङ खुल्ला

सामसङ क्युलेड टिभीको प्रि–बुकिङ खुल्ला


काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले क्युलेड टिभीको लागि प्रि–बुकिङ खुल्ला गरेको छ । यो प्रि–बुकिङ असोज २९ गतेदेखि कात्तिक १५ गतेसम्म रहेको छ । कम्पनीका अनुसार सामसङका पारखीहरुमाझ सामसङ क्युलेड मोडेल अत्यन्त प्रख्यात छ । सामसङको क्युलेड मोडेल प्रि–बुकिङ गर्दा ग्राहकहरुले आकर्षक अफर मूल्य तथा निःशुल्क मोबाइल सेट उपहार पाउनेछन् ।

कम्पनीका अनुसार न्यूनतम १० हजार रुपैयाँको विशेष प्रि–अर्डर अफरअन्तर्गत कुनै पनि क्यूलेड टिभी बुक गर्न सकिन्छ । यस प्रि अर्डरको सुविधा मार्फत ८५ ईन्चको टिभि ५ लाख ८० हजार ६ सय ८३ रुपैयाँमा, ७५ ईन्चको टिभी चार लाख ४२ हजार चार सय २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकहरुले निःशुल्क उपहार पनि प्राप्त गर्ने छन् ।

निःशुल्क उपहारअन्तर्गत ८५ ईन्चको टिभी खरिद गर्ने ग्राहकले ग्यालेक्सी नोट १० लाईट तथा ७५ ईन्चको टिभी खरिद गर्ने ग्राहकले ग्यालेक्सी ए७१ निःशुल्क प्राप्त गर्नेछन् । यी टिभीहरुमा लाइट अनुसार न्यानो पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा उच्च ब्राइटनेस इफिसियन्सी एवं उत्कृष्ट कलर प्राप्त गर्न सकिन्छ ।

कम्पनीका अनुसार सामसङक्यूलेड टिभिमा क्वान्टम डट्सहरुको साथ शत प्रतिशत कलर भोल्युम हुन्छन् जसले जति सुकै ब्राइटनेसको अवस्थामा पनि उच्चस्तरीय कलर प्रदान गर्दछ । साथै १० वर्ष नो स्क्रीन बर्न इन वारेन्टी रहेको छ, जसले बर्षौसम्म ब्राइटनेसमा एकरुपता एवं स्पष्ट इमेज क्वालिटी प्रदान गर्दछ र मल्टि भ्यूले टिभिलाई दुई भागमा बाँड्रने स्वतन्त्रता प्रदान गर्दछ ।

यसका साथै यसमा अन्य थप विशेषताहरु थ्रीडी सिनेम्याटिक साउन्ड, ओटिसी (अब्जेक्ट ट्र्याकिङ्ग साउन्ड) पीसी मोड, रियल गेमिङ्ग इन्ह्यान्सर प्लस, मल्टि भ्वाइस एसिस्टेन्स आदि सुविधाहरु रहेका छन् । सामसङले टिभिहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा १ वर्ष प्यानलमा) साथै निःशुल्क जडानको सुविधा पनि उपलब्ध गराएको छ । यो प्रि–बुकिङ्ग अफर नेपालभर रहेका डिलर नेटवर्क तथा सामसङ कस्टोमर इलेक्ट्रोनिक्सका आधिकारिक वितरकहरु मार्फत खरिद गर्न सकिने कम्पनीको भनाई छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया