Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन सार्वजनिक

सामसङद्वारा ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन सार्वजनिक


काठमाडौं ।
सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी जेट फोल्ड२, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याएको हो ।

कम्पनीका अनुसार यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ । सामसङ मोबाइल नेपालका बिजनेस हेड, प्रणय रत्न स्थापितले हार्डवेयर तथा ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गरेको बताए । ग्यालेक्सी जेट फोल्ड२ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी जेट फोल्ड२, १५.७४ से मी (६.२ इन्च), इनफिनिटि–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफुलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ । यसमा सामसङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । ग्यालेक्सी जेट फोल्ड२ मा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ, जसले मोबाइल र हिन्ज हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउदछ ।

कभर र मेन स्क्रिन बीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको फ्लेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरा एपलाई छोड्नु नै पर्दैन ।

साथै यसमा उच्चस्तरीय सेल्फी खिच्नको लागि कभर स्क्रीनमा भ्यूफाइन्डरको रुपमा राखिएको छ । यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसैगरि ग्यालेक्सी जेट फोल्ड२ मा ४५०० मेगाहर्ज ब्याट्री रहेको छ । यसले वायरलेस सामसुङ डेक्सको सुविधा पनि दिन्छ, जसले कामको प्रोडक्टिभिटिको अभिवृद्वि गर्दछ ।

कम्पनीका अनुसार ग्यालेक्सी जेट फोल्ड२ को मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी जेट फोल्ड२ विहीबारदेखी नेपालभरका सामसङ ब्राण्ड स्टोरहरु तथा सलेक्टेड रिटेल स्टोरमार्फत उपलब्ध गरिएको कम्पनीको भनाई छ । ग्यालेक्सी जेट फोल्ड२ दुई रंगमा उपलब्ध रहेको छ । यो फोन खरिद गर्ने ग्राहकलाई एक पटकको लागि एनएलजि इस्युरेन्स मार्फत टुटफुटमा १ वर्षको बीमा सुविधा पनि प्रदान गरिने कम्पनीको भनाई छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया