सनराइज बैंकको चाडपर्वलक्षित उपहार योजना
काठमाडौं ।
सनराइज बैंकले चाडपर्वलक्षित उपहार योजना सार्वजनिक गरेको छ । स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको हो । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यो योजना ल्याएको हो ।
बैंकका अनुसार यो योजनाअन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानीलगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरूलाई एक, एक थान स्मार्ट फोन प्रदान गर्नेे छ ।
साथै नयाँ ग्राहकहरूलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम एक सय रुपैयाँसम्म क्यास ब्याक गर्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा कात्तिक एक गतेदेखि मंसिर पाँच गतेसम्मको लागि यो योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया