ओरालो लाग्यो सेयर बजार
काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक पाँच दशमलव ६६ अंकले ओरालो लागेर १५ सय ५६ दशमलव ८० अंकमा झरेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८१ अंकले ओरालो लागेर तीन सय आठ दशमलव २७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअन्र्तगत १६ हजार आठ सय ४८ पटकको कारोबारमा ४३ लाख ५२ हजार १० कित्ता सेयर खरिदबिक्री हुुँदा कुुल कारोबार रकम एक अर्ब २५ करोड २७ लाख ४८ हजार एक सय ८१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये १० वटा समूहको सूचक ओरालो लागेका छन् भने दुुईवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव दुुई अंकले ओरालो लागेर १२ सय ४३ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि २९ दशमलव १९ अंकले ओरालो लागेर दुुई हजार २७ दशमलव ३८ अंकमा झरेको छ ।
जलविद्युुत् समूहको सूचक पनि पाँच दशमलव छ अंकले ओरालो लागेर १३ सय २६ दशमलव एक अंकमा झर्दा लघुुवित्त समूहको सूचक पनि ११ दशमलव २३ अंकले ओरालो लागेर २५ सय चार दशमलव ६६ अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि १८ दशमलव ९८ अंकले ओरालो लागेर नौ हजार चार सय २३ दशमलव २१ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव ८१, एक दशमलव छ, एक दशमलव ५४ र शून्य दशमलव शून्य चार अंकले ओरालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने १३ दशमलव दुुई अंकले उकालो लागेर एक हजार ६५ दशमलव २३ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ३१ दशमलव ५८ अंकले उकालो लागेर सात हजार सात ३५ दशमलव ७७ अंंकमा चढेको चढेको छ ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ दशमलव ७८ प्रतिशतले बढेर चार सय चार रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आईसीएफसी फाइनान्सको सेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले बढेर दुुई सय ८० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल ल्युब आयल, गुराँस लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेको छ ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेर एक सय ८४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि छ दशमलव २९ प्रतिशतले घटेर तीन सय १३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक अरुण भ्याली हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन हिमालयन बैंकको संस्थापक सेयरतर्फ सबैभन्दा बढी रकम कारोबार भएको छ । बैंकको यसदिन प्रतिकित्ता तीन सय रुपैयाँ अन्तिम मूल्यमा २४ करोड ४५ लाख ५१ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनी कम्पनीको पनि आठ सय ५० रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७६ लाख ५२ हजार सात सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया