पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौँ पसलहरू जले
इस्लामावाद ।
पाकिस्तानको पूर्वी सहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौँ पसलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । रिपोर्टका अनुसार सहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो । समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए ।
उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भै अन्य तलामा फैलिएको थियो । उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो । टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ ।
प्राप्त जानकारी अनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ । पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्र फैलिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया