Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु


काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको सङख्या ४० हजार ७ सय ७८ रहेको जानकारी दिए ।

जम्मा सङ्क्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या चार हजार चार सय ७० छ । संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४, २ मा ७ सय १३, वाग्मतीमा सात हजार ८ सय ५५, गण्डकीमा ९ सय ९०, लुम्बिनीमा एक हजार ८ सय २०, कर्णालीमा ४ सय ५३ र सुदूरपश्चिममा ५ सय ३६ छन् । त्यस्तै होम आइसोलेस नमा प्रदेश १ मा चार हजार २ सय ३२, २ मा दुई ७ सय ३५, वाग्मतीमा १७ हजार २ सय २५ , गण्डकीमा ९ सय २५, लुम्बिनीमा ४ सय २०, कर्णालीमा ८ सय ७ र सुदूरपश्चिममा ५ सय ८३ छन् । देशभर २ सय ८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३०, २ मा १३, वाग्मतीमा १ सय ५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेन्टिलेटरमा छन् ।

सोमबारसम्म बाह्र जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके, सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको संख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुई हजार ३ सय ८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुई हजार ८, ललितपुरका २ सय ८१ र भक्तपुरका ९९ जना छन् ।

थप १८ को मृत्यु : पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया