Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवाको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ योजना

इ–सेवाको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ योजना


काठमाडौं ।
हिन्दू नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इ–सेवाले ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस उपहार योजनाअन्तर्गत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजारभन्दा बढीले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् । यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यो अवधिमा इ–सेवामार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्ये गोलाप्रथा गरी विजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्वजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिने कम्पनीले जानकारी दिएको छ । यस उपहार योजनामा इ–सेवाले एमएसआ, मिनिसो, केकेफसी, टीएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापुजस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।

इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया