सिप्रदीको सहयोगमा काठमाडौं उपत्यकाभित्र प्रमुख ११ स्थानहरुमा यात्रु सहायता कक्ष
काठमाडौं ।
उपत्यकाका ११ विभिन्न स्थानहरुमा काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा यात्रु सहायता कक्ष सुरु भएको छ । सिप्रदी ट्रेडिङ्ग प्रालि र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ ।
चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायताकक्ष सुरु भएको हो ।
सामाजिक दूरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायता कक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाकातर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्सियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेललगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरु उपस्थित रहेका थिए । उक्त कार्यक्रममा सहायताकक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यानिटाइजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको थियो ।
गत वर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको भए पनि, जाने यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न खालका समस्याहरु भोग्नु नपरोस् भनेर यो यात्रु सहायता कक्ष राखिएको हो । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्याहरु यात्रुहरुले भोग्नुपर्ने गुनासो आइरहेकोले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो ।
साथै, एउटै सिटको टिकट धेरैलाई बिक्री गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष सहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यी यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरबारे जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् । हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्ता समूहका प्रतिनिधिहरु रहन्छन् ।
यसको साथै यो वर्ष कोरोनाको महामारीको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै प्रतिरोधको व्यवस्थापनका सुचना पनि यो कक्षबाट दिने तयारी गरिएको छ । त्यसैले आवतजावतको क्रममा सामाजिक दूरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यानिटाइजरको प्रयोग जस्ता सूचना यो कक्षबाट प्रदान गरिने भएको छ । यी सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया