काठमाडौं ।
गत चौबीस घण्टामा नयाँ कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बुधबार सोही अवधिमा दुई हजार ९ सय ९६ निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीन हजार १ सय ७ नयाँ संक्रमितमध्ये काठमाडौँमा दुई हजार ३ सय ९१, भक्तपुर १ सय ७३ र लतिपुरमा ५ सय ४३ रहेको जानकारी दिए । हाल क्वारेन्टाइनमा चार हजार ६५ छन् ।
गत २४ घण्टाभित्र २० हजार १ सय १८ पीसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण गर्दा एक लाख ४४ हजार ८७२ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । प्रवक्ता गौतमका अनुसार हाल ४४ हजार ४७६ जनामा भाइरसको संक्रमण सक्रिय छ ।
संक्रमित शून्य भएको जिल्ला मुस्ताङ छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया