Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतीन महिनामै खसीबोका बेचेर महिलाहरूले कमाए ६३ लाख

तीन महिनामै खसीबोका बेचेर महिलाहरूले कमाए ६३ लाख


बाँके ।
बाँकेको फत्तेपुरका महिलाले खसीबोका बिक्री गरी ६३ लाखभन्दा बढी कमाएका छन् । राप्तीसोनारी गाउँपालिकामा रहेका महिलाहरूको तीनवटा सहकारीले दशैँलक्षित खसीबोका बिक्री गरी ६३ लाखभन्दा बढी रकम कमाएका हुन् । नेपालीको ठूलो पर्व दशैँतिहारमै बढी खसीबोका बिक्री हुने भएपछि खसीबोका उत्पादनमा वर्षेनी सहकारीमा आबद्ध महिला किसानको आकर्षण बढ्दै आएको छ ।

दशैँ तिहारका लागि रोशनी सहकारीले तीन सय २१, परिर्वतन सहकारीले दुई सय ८५ र नयाँ सृजनशील सहकारीले दुई सय १ खसीबोका गरी जम्मा तीन सय सात खसीबोका बिक्री गरेका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ पिप्रहवामा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँतिहार लक्षित तीन सय २१ वटा खसीबोका बिक्री गरेको अध्यक्ष साइजहाँ खाँले जानकारी दिइन् ।

उनका अनुसार उक्त खसीबोका बिक्रीबाट तीन लाख ५१ हजार पाँच सय ९१ रुपैयाँको कारोबार भएको छ । सहकारीमा कुल छ सय ८६ सेयर सदस्य भए पनि दुई सय ७५ जनाले मात्रै खसीबोका पालन गर्दै आएका छन् । सेयर पुँजी छ लाख भएको बताउँदै हालसम्म १२ लाख १३ हजार सात सय ५० रुपैयाँ बचत रहेको उनले जानकारी दिइन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया