Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसडीसीद्वारा एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी

एसडीसीद्वारा एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी


काठमाडौं ।
स्विस सरकार विकास सहयोग एसडीसीको सहयोगमा वान टु वाचले एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरी कोभिड १९ एमएसएमई कोषको घोषणा गरेको छ । यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ ।

यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पु-याउन र रोजगारी जोगाउन मद्दत गर्नेछ । यो कोषद्वारा करिब एक सय व्यवसायलाई सहयोग प¥याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ । यसअन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मको लागि ब्याज पनि मिनाहा गरिनेछ ।

त्यसैगरी ती व्यवसायहरुमध्ये छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्नेछन् । यस्तो विषम परिस्थितिमा यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरी सहयोग गर्नेछ । ‘आशा छ कि यो पहल एक पाइलट÷प्रयोगात्मक हुनेछ जसमा अरु बैंक साझेदारहरुको सहभागिता बढ्दै जानेछ’, वान टुु वाचका प्रबन्धनिर्देशक सुमन जोशीले भने ।

साना तथा मझौला व्यवसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन् । तसर्थ, यी व्यवसायहरुको आर्थिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिनेछ ।

लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडीसीले निजी क्षेत्रसँगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका छौँ’, नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलर भने, ‘हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंंक हौँ, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैंक ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जीविका चलाउन सहयोग पु-याउनेछ ।

हाम्रो धारणा यो छ कि एसएमई हरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पु-याउनेछ ।’ लक्ष्मी बैंकका प्रमुुख कार्यकारी अधिकृत अजय विक्रम शाह भने, ‘लक्ष्मी बैंक र एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैंकिङ हो र एमएसएमई नै अर्थतन्त्रको दिगो वृद्धिको प्रमुख चालक हुन् भन्ने हाम्रो धारणा हो ।

सम्पूर्ण व्यावसायिक क्षेत्रहरु विशेषगरी एमएसएमई अहिले कमजोर छ र घाटा व्यहोरिराखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैंककोरुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ ।’ एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिबद्ध रहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया