Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड १९ को महामारीमा अड्किएको दशैं २०७७

कोभिड १९ को महामारीमा अड्किएको दशैं २०७७


शंकर लुइँटेल
विराटनगर ।
आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई भन्ने चरितार्थको प्रमाणित यस पटकको दशैँमा हुने कुरालाई अहिलेको अवस्थामा कसैको पनि दुई मत रहेको देखिँदैन ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड संक्रमणको जोखिम पछिल्लो अवस्थामा आइपुग्दा हाम्रो देशमा अझ बढ्दै गएर अकालमा नै मानिसहरूले मृत्युवरण गरेको कुरालाई स्वीकार गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा आएको यस पटकको दशैँमा माहीले दशैँको मौका छोपी चिल्लो खाद्यवस्तु कम खाने र शारीरिक व्यायाममा ध्यान दिन सकेनौँ भने दशैँपछिको अवस्था अत्यन्तै जटिल अवस्थामा पुग्ने विश्लेषण स्वास्थ्यविज्ञको छ । हिन्दुहरूको माहान चाड विजया दशमी मुखमा आएको एकातिर छ भने अर्कोतिर कोभिड १९ को त्रासले हामीबीच नै त्रासको अवस्था बनाइदिएको छ । तसर्थ यस पटकको दशैँमा मनलाई बाँधेर हिन्दु परमपरालाई जोगाउनतिर मात्र ध्यान दिनु आवश्यक रहेको छ ।

दशैँको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामीले स्वास्थ्य मापदण्डलाई ध्यान दिन अत्यन्तै जरुरी रहेको छ । खासगरी दशैँमा माछामासु, पेय पदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य वस्तुहरूको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्दै परम्परालाई बचाउनु आजको आवश्यकता रहेको कुरालाई तपाईंहामीले नकार्न नमिल्दै । तसर्थ २०७७ को विजया दशमीलाई विगतको जस्तो महतो नदिई सामाजिक परम्परालाई निरन्तरता दिनुबाहेक हामीसँग अरु विकल्पसमेत रहेको देखिँदैन ।

स्वास्थ्यविज्ञका अनुसार पनि अहिले देशमा चलिरहेको कोभिड १९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैँका बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन जोड दिइएको छ । जस्तैः मासु र दही शरीरका लागि आवश्यक खाद्यवस्तु भएकाले पनि दुवैको मात्रा ठीकसँग खान आग्रह स्वास्थ्यविज्ञको आग्रह रहेको छ । स्वास्थ्यविज्ञले चाडबाडमा चिल्लो नखाऔँ, दैनिक आहारमा सन्तुलित भोजन समावेश गरौँ भन्दै यस पटकको दशैँमा सन्तुलित भोजनगरी रोग प्रतिरोधात्मक क्षमता बढाउन आग्रह समेत गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया