प्रहरी महानिरीक्षकबाट अध्ययन प्रतिवेदन सार्वजनिक
काठमाडौं ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त प्रतिवेदन सार्वजनिक गरेकाछन ।
आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएकाछन । यस सम्बन्धी विगतमा थुप्रै अनुसन्धानका कार्यहरु भएको उल्लेख गर्दै अब बनाईने कार्ययोजना तथा नीतिहरुलाई कार्यान्वयनमा ल्याईने उनले बताए ।
कार्यक्रममा त्रिभुवन विश्वबिद्यालय द रिर्सच सेन्टर फर नेपाल एण्ड एशियन स्टडीज (सिनास) का कार्यकारी निर्देशक मृग्रेन्द्र बहादुर कार्की र गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतमले अध्ययन प्रतिवेदन सन्दर्भमा आआफ्नो विचार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रहरी उपरीक्षक मनोज कुमार केसीले अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लाहरुमा उक्त सर्वेक्षण गरिएको जानकारी दिएकाछन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया