वित्तीय विवरण कात्तिक मसान्तसम्म सार्वजनिक गर्न पाइने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नको लागि यही कात्तिक मसान्तसम्मको समय तोकेको हो ।
‘एकीकृत निर्देशन २०७७ अनुसार हरेक त्रैमासिकमा त्रैमासिक सकिएको १५ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गरिसक्नुुपर्ने व्यवस्था रहेको थियो’, राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको नाउँमा सूचना जारी गर्दै भनेको छ । यो व्यवस्थामा केही सहुलियत दिँदै चालू आवको पहिलो त्रैमासिकको लागि मात्र उक्त थप समय दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैबीच राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक रुपमा सूचना जारी गर्दै साबिककै आकार, रंग र बाह्रसिंगेको चित्र रहेको २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याइएको जानकारी दिएको छ । उक्त नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको उल्लेख छ ।
नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा बाह्रसिंगेको चित्र, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज ट्वान्टी लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंगे्रजीमा २०२० एडी लेखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया