भारतमा कोरोना संक्रमित ७७ लाख, एक लाख १६ हजारको मृत्यु
नयाँदिल्ली ।
भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८ सय १२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको छ । मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा विगत सात दिनको तथ्यांक विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३ सय २१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २ सय ९७, ब्राजिलमा ६ सय ९२, स्पेनमा ८ सय १९ र संयुक्तराज्य अमेरिकामा एक हजार १ सय ९५ मा कोरोना देखिएको छ । यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १ सय ४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १ सय ६९, फ्रान्समा ५ सय ११, बेलायतमा ६ सय ४४ र संयुक्तराज्य अमेरिकामा ६ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् । कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६ सय ९६ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ । (रासस–एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया