Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर २५ सय ८ जना संक्रमित थप १७ जनाको मृत्यु

देशभर २५ सय ८ जना संक्रमित थप १७ जनाको मृत्यु


काठमाडौं ।
पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ५ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । शनिबारको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् ।

अहिलेसम्म एक लाख ३१ हजार २ सय २२ जना निको भएका छन् । निको हुने दर ७६.९ प्रतिशत रहेको छ । संक्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५ सय ३२ पुरुष रहेका छन् । शनिबार देखिएका संक्रमितसँगै संक्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमित ३८ हजार ५ सय ८४ पुगेका छन् ।

काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना संक्रमित देखिएका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वाग्मती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य संक्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।

१७ जनाको मृत्यु : यसैगरी शनिबार १७ जनाको संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ९ सय ३७ जनाको संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट निधन हुने कुल संक्रमितको ०.५ प्रतिशत रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया