Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिंक्स एक हुने

कम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिंक्स एक हुने


सान जोसे (क्यालिफोर्निया) ।
चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । एपीका अनुसार यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।

झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको सेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका सेयरधनीले अब प्रतिसेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको सेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिंक्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिंक्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे । एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्नु हुनेछ ।

पेङ भने एएमडीको अध्यक्ष रहननेछन् र झिलिंक्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनेछन् । यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्नेछ । यो सम्झौतालाई दुबै कम्पनीका सेयरधनीहरुले अनुमोदन गर्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया