Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले मृत्यु बढायो

कोरोनाले मृत्यु बढायो


काठमाडौं ।
पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कोरोना केही होइन भनेर हेप्नेको प्रवृत्ति बढेपछि कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि विगतको तुलनामा वृद्धि हुँदै गएको सरकारी तथ्यांकले नै देखाएको छ । आइतबार काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट १६ जनाको मृत्यु भएको छ । काठमाडौंमा १६ जनासहित आइतबार एकै दिन देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यो तथ्यांकले नेपालमा कोरोनाको जोखिम ज्यादै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार झापामा चार जना, कास्कीमा तीन जना, ललितपुर र रुपन्देहीमा दुई÷दुई जना, सुनसरी, मोरङ, बारा, काभ्रे, गोरखा, नुवाकोट, चितवन, बाँके, अर्घाखाँची, सुर्खेत र कैलालीमा एक/एक जनाको मृत्यु भएको छ ।

काठमाडौँलगायत ठूला सहरमा सङ्क्रमण फैलिने दर उच्च भएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरे पनि अटेर गरेको कारण मृत्यु हुनेको संख्या बढेको हो । यसैबीच, सरकारी अस्पतालमा धरौटी नलिई उपचार गर्न निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै धरौटी सूचना निकाल्नेलाई स्पष्टीकरण माग गरेको थियो ।

यसैबीच, आइतबारसम्म देशभरका ७७ जिल्लामध्ये १४ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोलक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रूपन्देही र दाङ छन् । आइतबार मुस्ताङ, मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यसैबीच, देशभरमा आइतबार कोभिड–१९ का दुई हजार आठ सय २४ सङ्क्रमित थपिँदा तीन हजार छ सय २० सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ७ सय ७८ र महिला एक हजार ४६ छन् । मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उपत्यकामा काठमाडौँमा एक हजार १ सय १३, ललितपुरमा १ सय ९५ र भक्तपुरमा ४९ नयाँ सङ्क्रमित थपिएको जानकारी दिए ।

सङ्क्रमणमुक्त भएका तीन हजार ६ सय २० समेत गरी एक लाख ३४ हजार ८ सय ४२ सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ७७ दशमलव ७ प्रतिशत छ । आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २१ दशमलव ८ हो ।

काठमाडौँ उपत्यकामा आइतबार एक हजार ६ सय २२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९ सय ८५ पुरुष र ६ सय ३७ महिला छन् । उपत्यकामध्ये हाल काठमाडौँमा १६ हजार २ सय २९, ललितपुरमा दुई हजार ३ सय ४२ र भक्तपुरका एक हजार सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेसनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ७ सय ९७, ललितपुरमा दुई हजार २ सय ५७ र भक्तपुरमा एक हजार ७ सय १९ छ ।

देशभरमा हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार ५ सय ६७ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ३ सय ९४ होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार २३ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ४९ हजार ९०८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ९ प्रतिशत छ । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या दुई हजार ३ सय ८६ छ ।

प्रदेशानुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या नं १ मा छ हजार ३ सय ३५, नं २ मा एक हजार ३ सय ३८, वाग्मतीमा १७ हजार ८ सय ३४, गण्डकीमा एक हजार ३ सय ५९, लुम्बिनीमा तीन हजार ६६, कर्णालीमा ५ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ९ सय १७ छ । देशभरमा गरी आइतबार २ सय ८३ सङ्क्रमित आईसीयूमा छन् । प्रदेश १ मा २९, प्रदेश २ मा ११, वाग्मतीमा १ सय ८०, गण्डकीमा १५, लुम्बिनीमा ३९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित आइसियुमा छन् । त्यस्तै प्रदेश १ मा १२, वाग्मतीमा ५८, गण्डकीमा दुई, लुम्बिनीमा पाँच र सुदूरपश्चिममा एक गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् । गण्डकी प्रदेशमा आइतबार चार सय २३ कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या सात हजार ७ सय ४० पुगेको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । यस्तै, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा तीन सय ३७ कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ३ सय ९१ जनाको पीसीआर परीक्षणमा १ सय ३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आइतबार दुई सय ४७ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया