Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे

भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार नौ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने चार सय ७० जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म एक लाख २२ हजार एक सय ११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

भारतभर हाल पाँच लाख ७० हजार चार सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सब भन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ एक लाख २४ हजार एक सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १५ लाख १० हजार तीन सय ३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार नौ सय ११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेका र तीन लाख ४० हजार तीन सय २४ जना कोरोनामुक्त भएका छन् । एक हजार चार सय ८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिलनाडुमा २२ हजार एक सय ६४ जना सक्रिय संक्रमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार सात सय १९ जना सक्रिय संक्रमित रहेका छन् । (रासस–एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया