इजरायलले पनि थाल्यो कोरोना भाइरसविरुद्धको खोपको परीक्षण
जेरुसेलम ।
इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ संक्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।
‘हामी सुरुङको अन्त्यमा प्रकाश देख्न सक्छौँ’, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीवनजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड–१९ भाइरसबिरूद्ध खोप विकास गर्न निर्देशन गरेका थिए ।
खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतवार गरिएको हो । इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा नौ सय ८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो । इजरायलमा अहिलेसम्म कुल तीन लाख १४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने दुई हजार पाँच सय ४१ व्यक्तिको मृत्यु भएको छ । इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया