काठमाडौं ।
नेपाल वायुसेवा निगमले आफ्नो हवाइ सेवामा अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ सफ्टवेयर (एन–एफपी) लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ सफ्टवेयरलाई परिवर्तन गर्दै नयाँ सफ्टवेयर लागू गरेको हो । एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटाम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्युल अप्टिमाइजेसनलगायतका बहुउपयोगी विशेषताहरु रहेको एयरलाइन्सलाई फाइदाजनक रहेको निगमले बताएको छ ।
उक्त सफ्टवेयरले हवाइ उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउने निगमको भनाई छ । उक्त सफ्टवयर एयरबस कम्पनीले विकास गरेको हो । निगमका अनुसार उक्त सफ्टवयरले यसअघि संचालनमा रहेको सफ्टवेयरको तुलनामा ३० प्रतिशत खर्च समेत बचत हुनेछ । अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समयानुकूल सुधार गर्न र व्यावसायिक सफलताका लागि पनि यस्तो प्रविधि भित्र्याउनुपरेको निगमले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया