पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल साइकल यात्रा’
काठमाडौं ।
कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनः स्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल साइकल यात्रा समूहले सोमबार नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा सुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले विदाइ गरेका छन् ।
साइकल यात्रा समूहले पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा गर्ने नेपाल साइकल यात्रा मेला–२०७७ का संयोजक पुष्कर शाहले जानकारी दिए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि शुरु भएको यात्रा महेन्द्रनगरबाट शुरु भई ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकरभिट्टासम्म पुग्नेछ ।
उक्त समूह तीन हप्ताको साइकल यात्रापश्चात् काठमाडौँ फर्कनेछ । नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले कोभिड–१९ ले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनःजीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापीरुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने बताए । साइकल समूहमा संयोजक शाहसहित पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभास केसी, मुक्ति पाण्डेलगायत छन् । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी एक हजार ६ सय २४ किलोमिटर हुनेछ ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए) को सहयोगमा नेपाल साइकल यात्रा सुरु भएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया