Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसंसद् भवनको बिग्रिएका संरचना तत्काल मर्मत गर्न निर्देशन

संसद् भवनको बिग्रिएका संरचना तत्काल मर्मत गर्न निर्देशन


काठमाडौं ।
सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले संसद् अधिवेशन हुनुअघि संघीय संसद् भवनमा बिग्रिएका संरचनालाई तत्काल मर्मत सम्हार गर्न निर्देशन दिएका छन् । मंगलबार नयाँ बानेश्वरमा रहेको अन्तराष्र्टि«य सम्मेलन केन्द्र हालको संघीय संसद् भवनको निरीक्षण गर्दै उनले संसद् भवनको सरसफाइ र शौन्दर्यता कायम गर्न कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट, साउन्ड सिस्टम, सांसदहरू बस्ने कुर्सीलाई व्यवस्थित गर्न निर्देशन दिए । साथै उनले बगैँचामा सिजनअनुसारको फूल फूलाउन, भवनवरिपरि हरियाली बनाउन समेत आग्रह गरे । उनले संसद् भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्ष समेत निरीक्षण गरे ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद् भवनको रूपमा प्रयोग हँुदै आएको छ । सिंहदरबारमा निर्माणाधीन संसद् भवन तयार नभएसम्म सोही भवनमा संसद् अधिवेशन हुनेछ । सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद् भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले एक सय ५३ क्षेत्रफलमा रहेको सो भवनभित्र आठवटा हलमा करिब दुई हजार क्षमता रहेको, करिब चार सय सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताए ।

उनले साबिकको बानेश्वर ब्यारेकको नाममा रहेको जग्गाको स्वामित्व केन्द्रको नाममा ल्याउनुपर्ने, नीतिगतरूपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवा शर्त र आर्थिक नियमावली संसोधन गर्नुपर्नेलगायतका समस्या रहेको बताए । उनले संसद् अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन पक्ष केन्द्रले नै गर्दै आएको जानकारी दिए । उहाँले अब आउने संसद्को अधिवेशन अगावै बगैचाँको शौन्दर्यीकरण गर्ने, मर्मतसम्हार गर्ने, साउण्ड लाइटलगायतका सबै सिस्टमलाई व्यवस्थित गर्ने बताए । केन्द्रअन्तर्गत हाल एक सय आठ कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया