Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैतेश्वर गाउँपालिकाद्वारा तीन किलोमिटर पक्की सडक निर्माण

वैतेश्वर गाउँपालिकाद्वारा तीन किलोमिटर पक्की सडक निर्माण


सुबास बस्नेत
दोलखा ।
वैतेश्वर गाउँपालिकाले आफ्नै लगानीमा तीन किलोमिटर सडक कालोपत्रे र ढलान गरेको छ । जिल्लामा केन्द र प्रदेशस्तरका सडक योजनाहरू अलपत्र परेका बेला वैतेश्वरले भने आफ्नै लगानीमा सडक कालोपत्रे र कालोपत्रे गर्न नमिल्ले ठाँउमा ढलान गर्न सुरु गरेको हो ।

गाउँपालिकाले पूरै पालिका समेटिने गरी तीन स्थानबाट सडक कालोपत्रे र ढलान गर्ने कार्यको थालनी गरेको छ । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाका अनुसार वैतेश्वर गाउँपालिकाले गोपी खोला–जोरमाने सडक १३ सय मिटर, बुस्ती–पुतलीकाठ मिर्गे १२ सय मिटर कालोपत्रे गरेको छ । यस वर्ष यी दुवै सडक थप पिच गर्न दुई÷दुई करोड बजेट विनियोजन गरेको छ ।

उक्त सडक थप ढलान गर्नको लागि पनि चालू आवमा दुई करोड रूपैयाँ छुट्याएको गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले जानकारी दिए । दोलखाको अन्न र तरकारीको भण्डारको रूपमा परिचित वैतेश्वर गाउँपालिकाका कृषकहरूले चामल, गहुँ, मकै, आलु, प्याज, लसुन फर्सी सागपातहरू दैनिकहरू सवारीका साधानहरूबाट पिच सडकको उपयोग गरी तामाकोसी बजार र सदरमुकाम चरीकोटमा ल्याएर बिक्री गर्न थालेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया