बाँके ।
बाँके जिल्लामै पालिकास्तरमा बन्दै गरेको एक मात्र औद्योगिक ग्रामको डीपीआरपछि निर्माण प्रक्रिया सुरु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको हो ।
पहिलो चरणमा प्राप्त ९२ लाख रूपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ । करिब २१ बिगाहा क्षेत्रफलमा उक्त ग्राम निर्माण हुन लागैको हो । उक्त औद्योगिक ग्रामको मंगलबार प्रदेश सांसद आईपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिज्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले अवलोकन समेत गरेका थिए ।
अवलोकनमा पुगेको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै ३ वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए । उनले ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण गर्न गइरहेको उक्त औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरूले आउने इच्छा व्यक्त गरेको बताए ।
अध्यक्ष कक्षपतिले ३१ करोड ३० लाख २१ हजार चार सय ७३ को लागत अनुमान गरेको उक्त औद्योगिक ग्राम केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण हुने र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भएको जानकारी दिए । लगानी वोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
हालसम्मको कामको प्रसंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाउँदै पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाउन सुझाव समेत दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया