कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी
पोखरा ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण गण्डकी प्रदेशले पर्यटनमा दैनिक १३ करोड रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभामा उनले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताए । यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवर्द्धनमा लागेको उनले जानकारी दिए ।
कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उनको भनाइ थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए । कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।
कार्यक्रममा टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै सङ्कटमा परेको बताए ।
टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटालगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे । अधिवेशन तथा साधारणसभाका अवसरमा सङ्घका तर्फबाट नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया