Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार९४ वर्षको व्यावसायिक यात्रामा एमएण्डएसले व्यहो-यो पहिलो नोक्सानी

९४ वर्षको व्यावसायिक यात्रामा एमएण्डएसले व्यहो-यो पहिलो नोक्सानी


लन्डन ।
माक्र्स एण्ड स्पेन्सरले ९४ वर्षको व्यावसायिक यात्रामा पहिलोपटक नोक्सानी व्यहोरेको छ । सार्वजनिक रुपमा सूचीकृत कम्पनीले कोरोना भाइरस संक्रमणको महामारीले व्यवसाय प्रभावित भएपछि पहिलोपटक नोक्सानी व्यहोरेको बीबीसीले जनाएको छ । सेप्टेम्बर २६ सम्मको छ महिनामा खुद्रा सामग्री बिक्रेता कम्पनीले ८ करोड ७६ लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १५ करोड ८८ लाख पाउन्ड नाफा आर्जन गरेको थियो ।

तर प्रमुख कार्यकारी स्टिभ रोवेले कम्पनीको व्यावसायिक अवस्था द्रुतगतिमा सुध्रिँदै गएको दाबी गरे । अगस्टमा एमएण्डएसले ७ हजार रोजगारी तीन महिनाभित्र कटौती गर्ने बताएको थियो । कम्पनीको छ महिना अवधिमा बिक्री १५.८ प्रतिशतले घटेर ४ अर्ब ९ करोड पाउन्ड पुगेको थियो । क्लोथिङ (कपडाजन्य) र होम सेलमा कम्पनीको बिक्री घटेको छ । खासगरी कोरोना महामारीका कारण देशहरुले गरेको लकडाउनको प्रभाव कम्पनीको व्यवसायमा परेको छ । जुलाई र सेप्टेम्बरसम्मको अवधिमा कपडा बिक्री सहरी स्टोरहरुमा ५३ प्रतिशतसम्मले घटेको बताइएको छ । यद्यपि कम्पनीले कपडाको माग बढ्ने आशा गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया