Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय मुद्राकोष भन्छ : आर्थिक पुनरुत्थानका लागि धेरै राहत प्याकेज ल्याऊ

अन्तर्राष्ट्रिय मुद्राकोष भन्छ : आर्थिक पुनरुत्थानका लागि धेरै राहत प्याकेज ल्याऊ


वासिड.टन डीसी ।
अन्तर्राष्ट्रिय मुद्राकोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले देशहरुको आर्थिक पुनरुत्थानका लागि धेरैभन्दा धेरै राहत प्याकेज आवश्यक रहेको बताएकी छिन् । कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्रलाई तरलता प्रदान गर्न सार्वजनिक लगानी बढाउनुपर्ने, राहत प्याकेजमा वृद्धि गर्नुपर्ने सुझाव उनले दिएको सिन्ह्वाले जनाएको छ । ‘पहिलोपटक, विश्व अर्थतन्त्रको ६० प्रतिशत, जसमा ९७ प्रतिशत विकसित अर्थतन्त्र, केन्द्रीय बैंकहरुले १ प्रतिशतभन्दा तल ब्याजदरको नीति लिएका छन्’, उनले फाइनान्सियल टाइम्समा लेख लेख्दै भनेकी छिन्, ‘यस्तोमा अरु ब्याजदर कटौती गर्न केन्द्रीय बैंकहरुसँग थोरै मात्र ठाउँ छ ।’

महामारीका कारण विश्व तरलता नै अप्ठ्यारोमा परेको उनको भनाइ छ । यस्तो अवस्थामा मौद्रिक नीतिमा पनि सीमित प्रभाव मात्र रहेको उनले लेखेकी छिन् । यसबाट माथि उठ्न उचित नीति लागू गर्नुपर्ने उनको सुझाव छ । आर्थिक पुनरुत्थानका लागि आर्थिक नीतिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने गोपीनाथको भनाइ छ । साथै उनले आर्थिक अधिकारीहरुले सक्रियरुपमा मागलाई सहयोग गर्नुपर्ने बताएकी छिन् । उनका अनुसार क्यास ट्रान्सफर र ठूला लगानी मेडिकल क्षेत्र, डिजिटल पूर्वाधार र वातावरणीय संरक्षणमा आवश्यक छ ।

‘यी क्षेत्रमा हुने खर्चले रोजगारी सिर्जना गर्छ, निजी लगानीलाई अभिवृद्धि गर्छ र बलियो र हरियो संकेतमा आर्थिक पुनरुत्थान गर्छ’, उनले भनेकी छिन् । आईएमएफले गत महिना सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा सन् २०२० को विश्व आर्थिक अवस्थाबारे अनुमान प्रक्षेपण गर्दै ४.४ प्रतिशतले विश्व अर्थतन्त्र खुम्चिने आँकलन गरेको थियो । महामारीको असर अझै यसै भन्न सकिने अवस्थामा नरहेको आईएमएफको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया