Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १६ सय ४० अंकमा

सेयर बजार परिसूचक १६ सय ४० अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार भने दुुई दशमलव ३९ अंकले ओरालो लागेर १६ सय ४० दशमलव ६४ अंकमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ११ अंकले ओरालो लागेर तीन सय २६ दशमलव ४९ अंकमा कायम भएको छ ।

यसदिन कुुल दुुई सय दुईवटा कम्पनीहरूको कारोबार भएका छन् । ती कम्पनीहरूको २४ हजार ८२ पटकको कारोबारमा ५६ लाख ३१ हजार छ सय चार कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही आधारमा यसदिन कारोबार रकम एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार नौ सय पाँच रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडे (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये पाँचवटा समूहको सूचक उकालो लागेका छन् भने सातवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव चार अंकले ओरालो लागेर १३ सय नौ दशमलव ५४ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ११ दशमलव ४२ अंकले ओरालो लागेर २१ सय दशमलव ९७ अंकमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक पनि ८८ दशमलव ६८ अंकले ओरालो लागेर आठ हजार दुई सय छ दशमलव ६८ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १२ दशमलव ६७ अंकले ओरालो लागेर नौ हजार सात सय तीन दशमलव ७८ अंकमा झरेको छ ।

यीबाहेक फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूहको सूचक पनि क्रमशः दुुई दशमलव ८८, शून्य दशमलव ११ र तीन दशमलव ६६ अंकले ओरालो लागेका छन् । टे«डिङ समूहको सूचक भने २५ दशमलव ३१ अंकले उकालो लागेर १२ सय ४५ दशमलव ४६ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि एक दशमलव ५८ अंकले उकालो लागेर १४ सय १८ दशमलव ५० अंकमा चढेको छ । यीबाहेक होटल, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः चार दशमलव ६७, पाँच दशमलव ३९ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २५ सय ७५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कालिका पावर लिमिटेडको सेयर मूल्य पनि छ दशमलव ९५ प्रतिशतले बढेर दुई सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पाँचथर पावर कम्पनी, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको सेयर मूल्य चार दशमलव १९ प्रतिशतले घटेर १२ हजार एक सय १५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कामना सेवा विकास बैंक, राष्ट्रिय बीमा कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि प्राइम कमर्सियल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ४६ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड पाँच लाख ३३ हजार चार सय ३३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको पनि प्रतिकित्ता दुुई सय ६८ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड २४ लाख ६५ हजार नौ सय ७७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिमक, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया