रिलायन्स लाइफको लिमिटेड इण्डोमेन्ट बीमा योजना
काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड इण्डोमेन्ट नामक बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दाबीको समयावधि हेरी बीमांक रकमको अधिकतम दुुई सय २५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्तिपश्चात् बीमांक रकम र आर्जित बोनस भुक्तानी गरिने जानकारी पनि कम्पनीले दिएको छ ।
यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बीमांक रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमांक रकम कम्पनीको नियमबमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ । यो योजनासँगै बीमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरू पनि लिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया