माउन्टेन इनर्जीको १९ करोड ६८ लाख रुपैयाँको साधारण आउने
काठमाडौं ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडले १९ करोड ६८ लाख दुई हजार सात सय रुपैयाँको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही कात्तिक २६ गतेबाट जारी पुँजीको १० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
कम्पनीका अनुसार बिक्री गरिने कुुल सेयरमध्येमा दुुई प्रतिशत अर्थात् ३९ हजार दुुई सय ६१ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ९९ हजार चार सय एक कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी १८ लाख ३० हजार दुई सय ६५ कित्ता सर्वसाधारणको लागि छुट्ट्याइएको छ । हाल अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी एक अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी भने एक अर्ब ५७ करोड ४४ लाख २१ हजार छ सय रुपैयाँ रहेको छ ।
साधारण सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ७७ करोड १२ लाख २४ हजार तीन सय रुपैयाँ पुुग्नेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेको सेयर बिक्री कार्य छिटोमा मंसिर दुुई गते र ढिलोमा मंसिर १० गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया