गाडी खरिदमा मात्र बैंकहरूले दिए एक खर्ब ७१ अर्ब ५६ करोड ऋण
काठमाडौं ।
हायर पर्चेज अर्थात् सवारीसाधन खरिद शीर्षकमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरूले एक खर्ब ७१ अर्ब ५६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुुई महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको कुुल निक्षेप रकम ३९ खर्ब ६० अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुुल कर्जा रकम ३२ खर्ब ८७ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र चालू आवको दुुई महिनाको अवधिमा हायर पर्चेज शीर्षकमा एक खर्ब ४३ अर्ब १७ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ३५ खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम २९ खर्ब १८ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।
विकास बैंकहरूले भने चालू आवको दुई महिनाको अवधिमा हायर पर्चेज क्षेत्रमा २२ अर्ब ६४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सो अवधिमा विकास बैंकहरूको कुल निक्षेप रकम तीन खर्ब ६१ अर्ब ४१ करोड ३० लाख रुपैयाँ रहेको छ भने कुल कर्जा रकम दुई खर्ब ९५ अर्ब २५ करोड ४० लाख
रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको दुुई महिनाको अवधिमा ९० अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
उक्त अवधिमा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा मात्र प्रवाह गरेको कुुल कर्जा रकम भने पाँच अर्ब ७४ करोड ७० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा मात्र प्रवाह गरेको कर्जा रकम भने ३७ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सोमध्ये वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ३३ अर्ब ५६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालू आवको दुुई महिनाको अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले भने क्रमशः तीन अर्ब २५ करोड ९० लाख र ९३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया