पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तारमा जोड
काठमाडौं ।
नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग कार्यभार सम्हाल्न जानुअघि अन्तक्र्रिया गर्दै परिसंघले पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदूतावासहरुको थप सक्रियता आवश्यक रहेको बताएको छ ।
कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको बताए । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवर्द्धनका लागि आर्थिक कूटनीतिमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत रहेको बताए ।
पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न राजदूतावासहरुको थप सक्रियता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरुले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुँदाहुँदै पनि आपूर्ति प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल लिन अग्रवालले राजदूत अधिकारीसँग आग्रह गरे ।
छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैँची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नुपर्ने राजदूत अधिकारीको भनाइ थियो ।
राजदूत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रवद्र्धनका संयन्त्रलाई पुनः सक्रिय बनाउनेतर्फ पनि आफूले पहल गर्ने विश्वास दिलाए । यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्ने राजदूत अधिकारीले आग्रह गरे । सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दूतावास थप सक्रिय हुने विश्वास लिएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया