Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोरङ व्यापार संघको कार्यकारिणी सदस्यमा वन्दना जैन मनोनीत

मोरङ व्यापार संघको कार्यकारिणी सदस्यमा वन्दना जैन मनोनीत


काठमाडौं ।
मोरङ व्यापार संघको कार्यसमितिको सदस्यमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी सञ्चालिका वन्दना जैन मनोनीत भएकी छिन् । संघका अध्यक्ष प्रकाश मुन्दडाले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्थाअनुरुप जैनलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

उद्यमशीलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनुपर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मुन्दडाले बताए । जैन स्नातकोत्तर क्याम्पस, विराटनगरकी उपप्राध्यापक समेत हुन् । संघको उद्देश्य प्राप्त गर्न महिला उद्यमीको भूमिका समेत महत्वपूर्ण रहेको अध्यक्ष मुन्दडाले बताए ।

अध्यक्ष मुन्दडाले नेतृत्व गरिरहेको संघको ३२औँ कार्यसमितिमा जैनको मनोनयनले संघको इतिहासमै पहिलोपटक कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको नियुक्त गरिएको रेकर्ड समेत कायम गरेको छ । साथै, अध्यक्ष मुन्दडाबाट कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको चयनले उद्यमशीलता क्षेत्रमा लैंगिक समावेशिताको महत्वलाई समेत उदाहरणको रुपमा झल्काएको छ । यसअघि अध्यक्ष मुन्दडाले उद्योगी श्याम राठीलाई संघको कार्यसमिति सदस्यमा मनोनयन गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया