Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाँगेल र महाकुलुङ विमानस्थल सञ्चालन हुँदै

काँगेल र महाकुलुङ विमानस्थल सञ्चालन हुँदै


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लामा बन्द रहेको काँगेल विमानस्थल र निर्माणको क्रममा रहेको महाकुलुङ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थलगत निरीक्षण गर्ने भएका छन् । मन्त्री भट्टराईसहितको टोलीले शुक्रबार दुवै विमानस्थलको निरीक्षण गर्ने जनाइएको छ ।

विगत केही समय सञ्चालन भएको जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ मा रहेको काङ्गेल विमानस्थल हाल बन्द रहेको छ भने महाकुलुङ गाउँपालिकाको गुदेलमा महाकुलुङ विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ । अहिले काँगेल डाँडा विमानस्थल घाँसे मैदानमा परिणत भएको छ । यो विमास्थलमा अहिले उडान हुनसकेको छैनन् । सोलुखुम्बु जिल्ला नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला हो । जिल्लामा अहिले चारवटा विमास्थल रहेका छन् । जसमध्ये सदरमुकाममा रहेको फाप्लु विमास्थल र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको तेन्जिङ हिलारी विमानस्थल सञ्चालनमा रहेको भए पनि अन्य दुई विमानस्थलमा भने नियमित उडान हुनसकेको छैन ।

लामो समयदेखि रोकिएका विमानस्थल निरीक्षणपछि सञ्चालनमा आउने आशा पलाएको स्थानीयको भनाइ छ । यता जिल्लाको महाकुलुङ गाउँपालिकामा निर्माण हुनलागेको महाकुलुङ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन पास भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा रहेको छ । यो विमानस्थल निर्माण भएपछि सोलुखुम्बुमा विमानस्थलको संख्या ५ पुग्नेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया