युनाइटेड इदी मर्दीले आठ करोड ७३ लाख रुपैयाँको साधारण सेयर जारी गर्ने
काठमाडौं ।
युुनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आठ करोड ७३ लाख १९ हजार रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही कात्तिक २७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी आठ लाख ७३ हजार एक सय ९० कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि छ करोड ३० लाख रुपैयाँबराबरको छ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेकोमा कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताको जारी गरेको कुल चार लाख २० हजार कित्ता सेयरमध्ये दुुई लाख ४३ हजार नौ सय १० कित्ता सेयर बिक्री भएको थिएन ।
सोही आधारमा कम्पनीले यसपटक बिक्री नभएको उक्त सेयर समेत जोडेर आठ करोड ७३ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । हाल अधिकृत पुँजी ६० करोड एवं जारी पुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही मंसिर तीन गते र ढिलोमा मंसिर ११ गते बन्द हुुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया