नेपालगञ्ज एकीकृत भन्सार जाँचचौकीको काम सुरु हुँदै
जिएम यादव
बाँके ।
नेपालगञ्ज एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण कार्य अगाडि बढेको छ । नेपालगञ्ज–रूपैडियामा संयुक्तरूपमा बन्ने उक्त आईसीपीको निर्माण कार्यका लागि भारतीय पक्षले परामर्शदाता र ठेकेदार कम्पनी छनोट गरेसंगै काम अगाडी बढेको हो । भारतीय लोकसभा निर्वाचन, कोरोना कहरले प्रभावित भएको काम अब सुरु हुने बताइएको छ ।
आईसीपी निर्माण तथा सञ्चालनमा प्रत्यक्ष चासो राख्ने नेपाल इन्टरमोडेल यातायात विकास समितिका मेकानिकल इन्जिनियर जीवन ढकालका अनुसार, भारतीय पक्षले राइट्स नामको कम्पनीलाई परामर्शदाता र राजदीप बिल्डकनलाई ठेकेदार कम्पनीका रूपमा छनोट गरी आईसीपी निर्माणको काम अगाडि बढाएको हो । परामर्शदाता र ठेकेदार कम्पनी छनौटसंगै भारतीय पक्षले नेपालमा ल्याउनुपर्ने भन्साररहित सामग्रीको सूची माष्टरलिष्ट पठाइसकेको छ । प्रयोग गर्न मिल्ने र नमिल्ने दुई थरी सामग्री आयातको अनुमतिसँगै आईसीपीको काम औपचारिकरूपमा अगाडि बढ्नेछ ।
सबै कागजाती काम सम्पन्न भए तिहारपछि पूर्वाधार निर्माणको काम हुने अपेक्षा गरिएको छ । उक्त आईसीपीका लागि नेपाल पक्षले जग्गा अधिग्रहणको काम सम्पन्न गरिसक्दा पनि भारतले पूर्वाधार निर्माणका ढिलाई गरेको थियो । आईसीपी निर्माणको सम्पूर्ण जिम्मा भारतीय पक्षका भएकाले उक्त आईसीपी निर्माणको भविष्य भारतीय पक्षमै निर्भर रहेको छ । भारततर्फ ५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
२०७५ पुष ३० गते भारतका तत्कालीन गृहमन्त्री एवं हालका रक्षामन्त्री राजनाथ सिंहले आईसीपीको भारततर्फको क्षेत्र रूपैडियामा आएर शिलान्यास गरेका थिए । उनलै आगामी दुई वर्षभित्र काम सक्ने घोषणा गरेको भए पनि डेढ वर्ष बितिसक्दा समेत तर काम सुरु हुन सकेको थिएन ।
भारतले आफ्नो र नेपालतर्फ नै भौतिक पूर्वाधारको काम गर्न बाँकी छ । भारततर्फ एक सय ४२ एकड जमिनमा आईसीपी बन्दै छ । दुई अरब भारतीय रूपैयाँ लागतमा दुई वर्षभित्र आईसीपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ । हाल काममा ढिलाइ भए पनि अब भने काम चाँडो सुरु हुने आशा पलाएको छ । भवन निर्माणसम्बन्धी काम भने सहरी विकास कार्यालयले हेर्ने गर्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया