विलासी कार निर्माता बेन्टलेले सन् २०३० पछि विद्युतीय कारमात्रै उत्पादन गर्ने
लन्डन ।
विलासी कार निर्माता बेन्टलेले सन् २०३० सम्ममा पूर्णरुपमा विद्युतीय कार मात्रै निर्माण गर्ने भएको छ । बीबीसीका अनुसार त्यसअघि कम्पनीले कि त हाइब्रिड (पेट्रोल तथा विद्युतीय) कि भने ब्याट्री इलेक्ट्रिक कार मात्रै सन् २०२६ सम्ममा उत्पादन गर्ने जनाएको छ । बेन्टले फक्सवागनको स्वामित्व रहेको कार निर्माता हो । उसले एकै दशकमा कार्बन न्युट्रल उत्पादनमा रुपान्तरित हुने प्रतिबद्धता व्यक्त गरेको हो ।
बेलायतमा अहिले विद्युतीय कारको बजार राम्रो हुँदै गएको छ । कम्पनीका प्रमुख कार्यकारी एड्रियन हलमार्कले दशकभित्रै सय वर्ष पुरानो कम्पनी विद्युतीयमा रुपान्तरित हुने बताए । कम्पनीका अनुसार यसरी रुपान्तरित हुँदा आफ्ना कर्मचारी पनि सोहीअनुसार कार्यक्षेत्रमा खटाइनेछन् । बेन्टले १२ सिलिन्डर पेट्रोल इन्जिनका लागि प्रसिद्ध छ ।
वातावरणीय संरक्षणमैत्री सवारीसाधनमा उसले नेतृत्व गर्ने महत्वाकांक्षा पनि देखाउँदै आएको छ । यसको स्वामित्वकर्ता फक्सवागनले पनि अर्बौँ युरो विद्युतीय सवारी उत्पादनमा खर्च गर्ने योजनाअनुसार अघि बढिरहेको छ । जुनमा बेन्टलेले १ हजार रोजगारी कटौती गरेर खर्च जोगाउने योजना सार्वजनिक गरेको थियो । तर पछि योजना कार्यान्वयनबाट पछि हटेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया