एनएमबी बैंकद्वारा ५२ लाखभन्दा बढीको बीमादाबी भुक्तानी
काठमाडौँ ।
एनएमबी बैंकले विभिन्न खाताहरूमा दुर्घटना र गम्भीर रोगहरूविरुद्ध प्रदान गरिने बीमादाबी भुक्तानी दुर्घटना हुनासाथ र रोग पत्ता लाग्नासाथ प्रदान गरेको छ । तलब खाताअन्तर्गत, हालसम्म जम्मा सात लाख ४१ हजार सात सय २२ रुपैयाँ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार तीन सय ७१ रुपैयाँ बीमादाबी भुक्तानी गरिसकेको छ । आफ्नो स्थापना कालदेखि नै ग्राहक केन्द्रित भएर काम गरिरहेको बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यको अनिश्चितताको विरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।
बैंकको तलब खाताहरूको योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएमको साथै दश लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरूमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकको इन्स्योरेन्स पार्टनरहरूमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, विस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा पु¥याउँदै आइरहेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ८६ वटा शाखाहरू, आठवटा विस्तारित काउन्टरहरू र एक सय ३५ वटा एटीएमहरूको मजबुत सञ्जालका साथै तीन हजार पाँच सय क्यूआर र १० हजार ७० भन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया