ब्रोकर एसोसिएसनद्वारा १० सदस्यीय कार्यसमिति चयन
काठमाडौँ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नयाँ कार्य समिति चयन गरेको छ । संघको शुुक्रबार सम्पन्न भएको २६औं वार्षिक साधारणसभाले सन्तोष मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिती चयन गरेको हो । संघका अनुसार निर्वाचित कार्यसमितिले शुुक्रबारबाट नै कार्यभार सम्हालेका छन् । निर्वाचित कार्यसमितिमा सन्तोष मैनाली अध्यक्ष, धर्मराज सापकोटा उपाध्यक्ष, गुणानिधि भुसाल महासचिव, भत्तिराम घिमिरे कोषाध्यक्ष, रमणदेव पन्त सचिव, फणिन्द्र ढकाल सदस्य, रविन्द्रप्रसाद न्हुन्छे प्रधान सदस्य, मदन पौडेल सदस्य, मित्रलाल श्रेष्ठ सदस्य र सुयोग अधिकारी सदस्य रहेका छन् । सभाले आर्थिक वर्ष २०७७।७८ को कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा संघको वासलातसहितको लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया