Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयो साता विदेशमा पाँच सय ४४ नेपालीमा कोरोना संक्रमण

यो साता विदेशमा पाँच सय ४४ नेपालीमा कोरोना संक्रमण


काठमाडौं ।
गैरआवासीय नेपाली संघले यो साता विदेशमा रहेका पाँच सय ४४ जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको जनाएको छ । संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सबैभन्दा बढी संक्रमण देखिएको हो । विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको संघले जनाएको छ ।

संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप एक हजार एक सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन् । समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार विदेशमा हालसम्म ४४ हजार एक सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ४० हजार सात सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

संघका अनुसार, यो साता साउदी अरबमा थप एक जना नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाउनु परेको छ । विदेशमा १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको संघले जनाएको छ ।यसैगरी गैरआवासीय नेपाली संघले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया