Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्छु’

‘निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्छु’


काठमाडौं ।
निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने जर्मनीका लागि नवनियुक्त राजदूत रामकाजी खड्काले बताएका छन् । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने उनले बताए ।

राष्ट्रले अघि सारेको रणनीतिअनुसार जर्मनीमा रहेर आफूले नवीनतम तवरले आर्थिक कूटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्य गर्ने उनको भनाइ थियो । महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानसँग आइतबार महासंघ सचिवालयमा भएको भेटवार्तामा जर्मनीका लागि नवनियुक्त राजदूत खड्काले कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र धराशायी भइरहेको समयमा आफू जिम्मेवारी सम्हाल्दै गरे पनि आफ्नो तर्फबाट पूर्णरुपमा मुलुकको आर्थिक समृद्धिमा पहल गर्ने बताए ।

भेटमा महासंघका उपाध्यक्ष प्रधानले आर्थिक व्यावसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरे । नेपाली उत्पादनहरु जुन सम्भावना बोकेका छन्, ती उत्पादनहरुको बजारीकरण गरी निर्यात प्रवद्र्धनमा सघाउ पु-याउन समेत प्रधानले आग्रह गरे । महासंघको तर्फबाट राजदूतावासले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उनले बताए । कार्यक्रममा महासंघका उपमहानिर्देशक मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया