आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवर्द्धन गर्नु आवश्यक
काठमाडौं ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र परिसंघका पदाधिकारीबीच आइतबार परिसंघको कार्यालयमा भएको भेटमा उनले वैदेशिक लगानी भित्र्याउनको लागि प्रक्रियागत झण्झट र कानुनी अवरोधहरुलाई सहज बनाउन परिसंघले पहल गरिरहेको समेत बताए । साथै उनले यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।
अध्यक्ष मोरले स्वदेशी पुँजीलाई परिचालन गरी रोजगारीको सृजना गर्न र उद्योगहरुको क्षमता अभिवृद्धि गरी औद्योगीकरणमार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधै क्रियाशील रहेको बताए । त्यसैगरी नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली कार्पेट र हस्तकलाका वस्तुहरुको निर्यात व्यपारलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
बेल्जियम र युरोपियन युनियनमा आबद्ध राष्ट्रहरुमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्यस्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीहरुको माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवर्द्धनको लागि पहल गर्न समेत अध्यक्ष मोरले जोड दिए । छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले अन्य मुलुकहरुमा जस्तै बेल्जियम र युरोपियन युनियनमा आबद्ध देशहरुमा पनि नेपालले पर्यटन प्रवर्द्धन, हस्तकलाका सामग्रीहरुको प्रदर्शनी र उनी गलैँचाहरुको निर्यातलाई प्रवर्द्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्नसक्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया